Discover निर्देशिका
Guide 1

हामी परमेश्वरमा विश्वास गर्न सक्छौँ

जिमले एक नास्तिकलाई सोधे, उनले कहिल्यै, केही पलको लागि भए पनि, परमेश्वरको अस्तित्वको बारेमा मनमा विचारहरूको द्वन्द्व भएको थियो कि भनेर सोधे ।

"एकदम!" नास्तिकले भने, जुन करादेखि जिमलाई अचम्म लाग्यो । "वर्षौँ पहिले, हाम्रो पहिलो बच्चा जन्मँदा, म झण्डै परमेश्वर प्रति आस्था राख्ने भइसकेको थिएँ ।मैले जब त्यो सानो-तर-पूर्ण शिशुलाई कोक्रोमा देखेँ, ती साना-साना औंलाहरूमा लचिलोपना र ती साना आँखाहरूमा पहिचानको सुरुवात हुँदै गरेको देखेँ, म धेरै महिनासम्म यस्तो अवस्थाबाट गुज्रेँ, जसले गर्दा म झण्डै नास्तिक हुन छोडेको थिएँ। त्यो शिशुलाई देखेपछि, त्यसले मलाई झण्डै ईश्वरको अस्तित्वमा विश्वास दिलाएको थियो ।"